मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित एक युवती पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

कालीकोटमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। तिलागुफा नगपालिका– १ बाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले २८ वर्षीया सम्झना नेपालीलाई पक्राउ हो।

शंकास्पद अवस्थामा भेटिएको नेपालीको शरीर खोजतलास गर्दा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा तिलागुफा नगरपालिका– १ को नाग्ममा पक्राउ गरिएको  प्रहरीले जनाएको छ। सोमबार दिउँसो शंकास्पद अवस्थामा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिए।

‘उनको साथबाट १२ पुरिया र घरको दराजबाट १९ पुरिया गरी जम्मा ३०.४३ ग्राम ब्राउनसुगर बरामद गरिएको छ,’ उनले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालय कालीकोटमा राखेर थप अनुसन्धान भइरहेको छ।’