१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्।

मंगलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताहरूको मेलम्चीबारेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सबै मिलेर मेलम्चीको पानी १२ महिना नै काठमाडौंमा ल्याउने विषयमा सोच्न आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण अहिले आएर पूरा भएकोमा देउवाले खुसी व्यक्त गरे। ‘आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्छु भन्नुभएको थियो। त्यो कुरा फुलफिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

मेलम्ची खानेपानी विकास समिति खारेज गर्नुको कारण पत्ता लगाउन आवश्यक रहेको भन्दै उनले मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेको थियो।