१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर २० मंगलबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुलबाट ट्रक खस्दा चालकको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o९:५५:oo

नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा.२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।  

दुर्घटनामा ट्रकचालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।