१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको निष्कर्ष : निर्वाचन परिणामले गठबन्धन कायम राख्न सन्देश दिएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा होमिएका सत्तासीन दलहरूले नयाँ सरकार गठनमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन्। 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको भन्दै सत्तासीन दलहरूले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको निष्कर्ष निकालेका छन्। 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ। निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ।’ 

बैठकमा कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनभित्रै असहयोग भएको चर्चा पनि चलेको थियो। त्यसलाई सम्बोधन गर्दै बैठकले आगामी दिनमा उचित समीक्षा र सम्बोधन गर्ने निर्णय गरेको छ। 

‘निर्वाचनको दौरानमा गठबन्धनको केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए,’ बैठकले भनेको छ, ‘निर्वाचनका दौरान देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ।’