१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय सन्धिविपरीतका भारतीय कार्यको मूकदर्शक बन्यो सरकार : स्वतन्त्र पार्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलास्थित नेपाल–भारत सीमामा भएको तनावको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र पार्टीले भारतीय पक्षबाट हुँदै आएका नदीको बहाव परिवर्तन, अनधिकृत संरचना निर्माणजस्ता कार्य भर्त्सनायोग्य रहेको जनाएको छ।

महाकाली नदीको बीचभागमा ग्याबिन जाली लगाएर नेपाललाई क्षति पुग्ने गरी भारतले तटबन्ध बनाएपछि आइतबार दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। सो क्रममा खेलिरहेका बालबालिकासमेत घाइते भएको उल्लेख गर्दै स्वतन्त्र पार्टीले सोमबार एक विज्ञप्ति जारी गरेको छ।

अन्तर्राष्ट्रिय एवं द्विपक्षीय सन्धि सम्झौताविपरीत भारतबाट भएका यस्ता कार्य मूकदर्शक बनेर हेरेर सरकार हदैसम्मको गैरजिम्मेवार भएको उक्त पार्टीको ठहर छ। ‘भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्नेजस्ता कार्य आपसी सद्भाव बिगार्ने, दुःखद, अतिक्रमणकारी र भर्त्सनायोग्य छन्,’ विज्ञप्तिमा भनिएको छ।