१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१९:oo

पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ । राति निदाउन कठिनाइ भएको, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ ।

अनिद्रालाई रोग नै भन्न मिल्दैन । यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ । एन्जाइटी, डिप्रेसन, साइकोसिभको समस्या हुँदा पनि सुरुमा निद्रा बिग्रन्छ । निद्रालाई एउटा लक्षणका रूपमा लिनुपर्छ । तर, अन्य मानसिक रोगमा पनि निद्रा बिग्रन्छ । 

कारण 

  •  एक्कासि आइपरेको मानसिक तनाव,
  • क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन,
  • आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ । 
  • लागुपदार्थको सेवन गरेका मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु । 
  • कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेलाई निद्रा बिग्रन्छ । 
  • बेडमा बसेर टिभी हेर्ने, बेडमा बसेर
  • मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीलेपनि निद्रा लाग्दैन । 
  • बाहिरी कोलाहलका कारण पनिनिद्रा लाग्दैन । 

कसरी बच्ने ?

  • बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । 
  • दैनिक शारीरिक व्यायाम गर्ने ।
  • स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
  • सकेसम्म धेरै चिल्लो पदार्थ भएकोखानेकुरा नखाने । 
  • कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।
  • बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसो सकेसम्म नसुत्ने ।
  • लागुपदार्थको सेवन नगर्ने ।
  • तनाव व्यवस्थापन गर्ने ।

 

ad
ad