मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १९ सोमबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०६:१२:००

 नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ का लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले ०७९ चैत मसान्तसम्म जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेकाले पारित बोनस सेयर लाभांशबाट कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड पुग्ने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले नियामक निकायले लिएको विभिन्न कदमका कारणले बिमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र  आउने दिनहरूमा बिमा व्यवसाय थप फस्टाउने आशा व्यक्त गरिन् । आर्थिक वर्ष ०७७/७८ मा कम्पनीका वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको साधारणसभामा जानकारी गराइएको छ । कम्पनीको कुल बिमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि हुनुका साथै जीवन बिमा कोष २५.६३ प्रतिशतले वृद्धि भएको छ ।