मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १९ सोमबार १२:२९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दक्षिण कोरियाविरुद्ध नेमार फर्किने सम्भावना

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार १२:२९:००

पाँचपटकको विजेता ब्राजिलले सोमबार एसियन राष्ट्र दक्षिण कोरियाको सामना गर्नेछ । समूह ‘जी’बाट ब्राजिलले सुरुवाती दुई खेल जित्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो । अन्तिम खेलमा ब्राजिल इतिहासमै पहिलोपटक क्यामरुनसँग १–० ले पराजित भयो । शतप्रतिशत नतिजाका साथ नकआउट चरणमा पुग्ने ब्राजिलको लक्ष्य पूरा भएन । तर, दक्षिण कोरियासँगको प्रतिस्पर्धामा ब्राजिलले क्यामरुनसँग दोहोर्‍याएको गल्ती नगर्ने पक्षमा छ । 

क्यामरुनविरुद्ध दक्षिण अमेरिकी टोली ब्राजिलले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । दक्षिण कोरियाले आफ्नो समूहको अन्तिम खेलमा पोर्चुगललाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको थियो । स्टेडियम ९७४ मा हुने प्रि–क्वार्टरफाइनल खेलअघि ब्राजिलले आफ्ना स्टार खेलाडी नेमारलाई खेलाउने सम्भावना छ । चोट बोकेका नेमारले आइतबार अभ्यास थालेका छन् । पहिलो खेलमा सर्बियालाई पराजित गर्दा नेमार घाइते भएका थिए । 

एसियाली राष्ट्रविरुद्ध ब्राजिल ‘फ्रेस फेस’मा हुनेछ । गाब्रियल जेसुस र एलेक्स टेल चोटग्रस्त हुँदा अन्तिम १६ मा उपलब्ध हुनेछैनन् । नेमार फर्कंदा रिचार्लिसन, भिनिसियस जुनियर, राफिन्हा, कासेमेरोजस्ता खेलाडी रहँदा फिफा वरीयतामा शीर्ष स्थानमा रहेको ब्राजिल बलियो स्थितिमा देखिन्छ । अग्रपंक्तिमा युवा खेलाडी रिचार्लिसनसँग प्रशिक्षक टिटेले धेरै आशा गर्दछन् । 

उनले विश्वकपमा दुई गोल गरेका छन् । चोटमुक्त हुँदै फर्किंदा नेमारले ‘प्लेइङ सेट’मा खेल्ने या नखेल्ने पक्का हुन सकेको छैन । समूह ‘एच’बाट दक्षिण कोरिया उपविजेता हुँदा उरुग्वेलाई गोलअन्तरमा पछि पारेको थियो । विपक्षी पोस्टमा धेरै गोल गरेका कारण दक्षिण कोरियाको भाग्य खुलेको थियो ।