Skip This
केन्द्रीय समिति बैठक बोलाउन कांग्रेस नेता महरको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १९ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रीय समिति बैठक बोलाउन कांग्रेस नेता महरको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार ११:२३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले निर्वाचनमा भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए। सरकार निर्माणसँगै सत्ता–साझेदारी र भावी सरकारको पाँचवर्षे स्पष्ट कार्ययोजना बनाउनसमेत कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने उनको धारणा छ।

‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नुअगाडि पार्टीको बैठकबाट समेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रेसको जीवनमा लोकतान्त्रिक–वाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पूरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,’ नेता महरले भने।