१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o६:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

म्यादी प्रहरी माया लुहार हत्या आरोपित सशस्त्रका जवान पक्राउ

बैतडीको पञ्चेश्वर– ४ मा हत्या गरिएकी माया लुहारकी आमा रमा लुहार अर्धचेत अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन् । आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ । बिहान सवा १० बजेतिर पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

१४ मंसिरमा बैतडी पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया लुहारको बीभत्स हत्या भएको थियो भने उनीसँगै रहेकी नेहा लुहारलाई घाइते बनाइएको थियो । नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कोलीलाई बैतडी लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बैतडी ल्याइँदै गरेको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । ‘मायाका हत्या आरोपी पक्राउ परेका छन्, थप कुरा बयानपछि थाहा हुनेछ,’ शाहीले भने ।

म्यादीको कार्यकाल सकिएलगत्तै घाँटी रेटेर हत्या
घरखर्च जोहो गर्न भर्खरै सम्पन्न निर्वाचनमा पञ्चेश्वर– ४ की माया लुहार म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचनमा शिवनाथ गाउँपालिकामा खटिएकी उनी ६ मंसिरमा घर फर्किइन् । त्यसको ठीक एक सातापछि फोनबाटै चिनजान भएका शिवनाथ– ४ का भरतराम कोलीले उनको हत्या गरेका हुन् । मायाकै साथमा गएकी १५ वर्षीया नेहा लुहारको पनि कोलीले घाँटी रेट्दा चक्कु भाँचिएको थियो । उनको अहिले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गत मंगलबार दिउँसो मायासहित चारजना युवती स्थानीय कुलाउ बजार जान भनी घरबाट निस्केका थिए । उनीहरूमध्ये दुईजना घर फर्के । माया र नेहा त्यो दिन घर फर्किएनन् । खोजी गर्दै जाँदा दोस्रो दिन कुलाउ बजारभन्दा एक घन्टाको दूरीमा पर्ने शिवनाथ मन्दिरनजिकको जंगलमा नेहा घाइते अवस्थामा भेटिएको मृतक मायाका दाजु टिन्कु लुहारले बताए । ‘नेहाको घाँटीमा चक्कु रोपिएको गहिरो घाउ थियो, उनी अर्धचेत अवस्थामा थिइन,’ टिन्कुले भने, ‘त्यही जंगलको उत्तरतिर मायाको शव घाँटी रेटिएको अवस्थामा फेला पर्‍यो ।’ 

मायालाई उपचारका लागि इलाका स्वास्थ्य केन्द्र मेलौली हुँदै डडेल्धुरा पुर्‍याइएको थियो । घटनापछि स्थानीयले शिवनाथ– ४ का भरतराम कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराए । उनी सशस्त्र प्रहरी बल, पोखरामा कार्यरत जवान रहेको प्रहरीले जनाएको छ । त्यसलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले मायाको मोबाइल फेला पारेको थियो । सो मोबाइल घटना हुनुभन्दा दुई दिनअगाडि कुलाउ बजारबाट भरतले खोसेर लगेका थिए । सोही मोबाइल फिर्ता दिन्छु भन्दै शिवनाथले जंगलमा बोलाएर मायाको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नुअघि आरोपी सामाजिक सञ्जालमा सक्रिय थिए । उनले टिकटकमा भिडियो अपलोड गर्दै प्रहरीलाई चुनौती दिइरहेका थिए ।

शनिबार बैतडीका नवनिर्वाचित सांसदहरूको टोलीले पीडित परिवारलाई भेटेको थियो । प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल र निवर्तमान प्रदेश सभा सदस्य लीलाधर भट्टसहितको टोलीले घटनामा घाइते १५ वर्षीया नेहा लुहारको उपचारका लागि २५ हजार पाँच सय रुपैयाँ सहयोग हस्तान्तरण गर्दै दोषीलाई सजाय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् । माया लुहारकी आमा रमा लुहार अर्धचेत अवस्थामा छोरी खोजिरहेकी थिइन् ।