१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १८ आइतबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १८ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मूलभूत रूपमा गठबन्धन सफल भएको माओवादी निष्कर्ष, गठबन्धनकै सरकार बनाउन प्रयास गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १८ आइतबार १८:२९:oo

माओवादीले केही कमजोरीका बाबजुद मूलभूत रूपमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा सफल र परिणाममुखी भएको छ,’ महासचिव देव गुरुङले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ। यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ।’

माओवादीले वर्तमान सत्तागठबन्धनसँगै मिलेर नयाँ सरकार गठन गर्न प्रयास गर्ने पनि निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले बैठकमा निर्वाचनको समीक्षा र सरकारबारे सामान्य छलफल भएको जानकारी दिए। उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने पनि बताए। 

‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौँ,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’

गुरूङका अनुसार सत्तागठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ।