१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग गठबन्धन गर्ने विषयमा छलफल भएको छैन : महासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले तत्काल एमालेसँग सहकार्यको बारेमा छलफल नभएको बताएका छन्।

आइतबार पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले वर्तमान गठबन्धनले नै सरकार बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए। अहिले निर्वाचनको समीक्षाकै पाटोमा बढी केन्द्रित रहेको भन्दै उनले सरकार गठनको विकल्पका बारेमा छलफल नभएको जानकारी दिए।

‘त्यता (एमालेसँग गठबन्धन)तर्फ विषय प्रवेश नै भएको छैन। अहिले गठबन्धनमै भएकाले विकल्पको बारेमा कुनै कुराकानी भएको छैन,’ महासचिव गुरुङले भने, ‘हिजो कताबाट विकल्पको पनि कुरा भयो रे भन्ने खालको छ्वासछुस मिडियाहरूमा देख्यौँ। कुन प्रसंग र सन्दर्भमा त्यस्तो कुरा भयो थाहा भएन, गठबन्धनको विकल्पका बारेमा कुरा सुरु भएको छैन।’

शनिबार पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको भन्दै एमालेसँग गठबन्धनका लागि तयार रहेको आशय व्यक्त गरेका थिए।