१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १८ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १८ आइतबार १५:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सको ३४औँ साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १८ आइतबार १५:o१:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सफलतापूर्वक सम्पन्न भएको हो। 

सभामा अध्यक्ष सिंहले विगतमा कोभिड– १९ को महामारी सबैका लागि चिन्ताको विषय भए पनि हाल विस्तृत खोप एवं घट्दो महामारीको प्रकोपले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताइन्। लामो समयपश्चात् बिमा ऐन, २०७९ लागू भएकोमा खुसी व्यक्त गर्दै उनले यसबाट नियामक निकायलाई बिमा क्षेत्र थप नियमन गर्न सहज भई बिमाको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरिन्

आव ०७७–७८ मा कम्पनीको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको छ। कम्पनीको कुल बिमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु. १,२५२.४६ करोड पुगेको छ। जीवन बिमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु. ४,२०४ करोड र कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई रु ३,९२४.७० करोड पुगेको छ। सो समयमा कम्पनीको वार्षिक औसत प्रतिफल ९.६७ प्रतिशत कायम रहेको छ।

कम्पनीले नेपालगन्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको र अन्य शाखाहरूमा पनि यो प्रक्रिया सुरु हुने साधारणसभामा जानकारी दिइयो। ३४औँ वार्षिक साधारणसभाले आव ०७७÷०७८ को लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सोबापतको कर प्रयोजनको लागि रु  तीन करोड १८ लाख ५६ हजार ५१२ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।