मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Thursday, 18 September, 2025
२o७९ मङ्सिर १७ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा अपडेट : मतान्तर घटाउँदै एमालेका सिवाकोटी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १४:३४:oo

दोलखामा मतगणना जारी छ। प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मतपरिणामअनुसार कार्कीले १० हजार ४७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धाी नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ हजार ३०५ मत प्राप्त गरेका छन्। शुक्रबारको तुलनामा एमालेका सिवाकोटीले मतान्तर घटाएका छन्।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्।