१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर १७ शनिबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन वर्षपछि धादिङमा महोत्सव हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार ११:१८:oo

धादिङ उद्योग वाणिज्य संघले पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव गर्ने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

कोरोना महामारीपछि धादिङमा महोत्सव आयोजना गरिएको यो पहिलोपटक हो। ‘जिल्लाको साँस्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए। ‘महोत्सवमा जिल्लाको उत्तरी क्षेत्रमा पाइने रुवीदेखि दक्षिणी क्षेत्रमा पाइने गिट्ठा, तरकारी तथा फलफूललाई विशेष प्राथमिकता दिइनेछ,’ उनले भने।

जिल्लामा पाइने जडिवुटीसहित स्थानीयस्तरमा उत्पादन हुने वस्तु तथा सेवा, खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री वितरणलाई महोत्सवमा प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले बताए। 

महोत्सव सञ्चालनका लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी तयारीलाई तिव्रता दिइएको छ। महोत्सवमा १० करोडबराबरको कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। जिल्ला सदरमुकामस्थित खुल्ला मञ्चमा हुने महोत्सवमा १२० वटा विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ।