१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १९:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षमान पुन ‘फलोअप’का लागि चीन प्रस्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १९:५४:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्। 

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जन्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि ०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। 

चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। 

गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जन्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ। नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शिला आज चीनको सेनजेन जान लागेका हुन्। 

काठमाडौंमा रगत, ब्लडप्रेसर, मुटुको चाल, बिलरुविनको मात्राजस्ता परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्। 

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत परामर्श गरिसकेका छन्। 

स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका छन्। 

माओवादी केन्द्रका तर्फबाट सत्तारूढ गठबन्धनमा सिट बाँडफाँड कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यस्तताका कारण पुरानै रोग जन्डिस बल्झिएको थियो। नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँडफाँड कार्यदलमा सहभागी थिए। 

त्यतिवेला हरेक दिन मध्यरातिसम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेका कारण उनलाई पुरानै रोगको असर देखिएको उनको सचिवालयको भनाइ छ। अस्वस्थताका बाबजुद नेता पुन सिट बाँडफाँड कार्यदलमा सक्रिय भएर लागेका थिए। 

वंशाणुतग रूपमा रहेको जन्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो।