१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेम्वाङ भन्छन्- पानी बाराबार गर्ने स्थिति छैन, एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरूप टुंगोमा पुग्न विगतका सबै गल्ती–कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए।  

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एक–अर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसात् गरेर कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ।’ 

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एक–अर्कामा पानी बाराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए।  

उनले भने, ‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती, कमी, कमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ।’ उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्ने संकेत गरे।  

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए।