१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

याे निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। 

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन्। 

‘हामीले नेपालमा ०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ। पछिल्लोपटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, ‘यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍याैँ।’

उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यसपटक सफल भइरहेको पनि बताए। 

उनले अब भौतिक रूपमा वा सडकबाट मात्रै नभई सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए। निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिन सक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यसपटकदेखि स्थापित भएको उनको भनाइ छ। उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताए।