मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘राधा’को विशेष प्रदर्शनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:५९:००

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सेक्रेट्स अफ राधा’को बिहीबार साँझ काठमाडौंमा विशेष प्रदर्शनी गरिएको छ । प्रदर्शनीपछि चलचित्रकर्मी, लेखक तथा दर्शकबीच अन्तरक्रियासमेत गरिएको थियो । 

छलफलका क्रममा निर्देशक थापाले आफ्नो फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाए पनि हलहरूले पर्याप्त सो नदिएको गुनासो गरे । ‘पहिलोपटक रिलिज गर्दा नै हामीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका थियौँ । तर, हलहरूले पर्याप्त सो दिएनन् । त्यसैले प्रदर्शनीलाई रोक्नुपरेको थियो । अब फेरि हलमा प्रदर्शन गर्नेछौँ,’ उनले भने, ‘तर, त्यसअघि हामी डायस्पोराका नेपालीमाझ पुग्दै छौँ । केही समयमै अस्टे«लियामा रिलिज गर्नेछौँ ।’त्यस्तै, छलफलमा फिल्ममेकर डा. सचिन घिमिरेले ‘राधा’को सिनेमाटोग्राफी उत्कृष्ट रहेको बताए । ‘राधामा जस्तो सिनेम्याटिक क्राफ्टको प्रयोग अन्य स्थापित निर्देशकले गर्न सकिरहेका छैनन् । सिनेमामा पात्रले गरेको संघर्ष र यात्रालाई सिनेमाटोग्राफीले जस्टिफाई गरेको छ । यसमा निर्देशकीय क्षमता देखिन्छ,’ उनले भने । 

कार्यक्रममा निर्देशक मीनबहादुर भाम, दीपेन्द्र के खनाल, अभिनेत्री सुरक्षा पन्तलगायत फिल्ममेकरको उपस्थिति थियो । राधाले नेपाली परिवेशको गर्भवती महिलाको संघर्ष कथा चित्रण गर्छ । यस फिल्मले दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलबाट स्क्रिप्ट डेभलपमेन्टमा १० लाख ग्रान्टसमेत पाएको थियो । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, बुद्धि तामाङ, दिव्यदेव पन्त, पशुपति राईलगायतको अभिनय छ ।