१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेससँग सहकार्य गर्दै सरकारमा सामेल हुन सिके राउत सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। सिके राउत बिहीबार बेलुका प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे थियाे। छलफलमा गठबन्धन, कांग्रेससँग संघीय तथा प्रदेश दुवै तहमा सहकार्य र सरकारमा सामेललगायतका विषयमा सहमति भएकाे बताइएको छ। प्रधानमन्त्री देउवासँगकाे छलफल सकारात्मक र परिणाममूलक भएको कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले बताए। 

बुधबार मात्रै निधि र सिके राउतबीच भेटघाट भएको थियो। करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच नयाँ सरकार गठनलगायतका विषयमा पनि कुराकानी भएको थियो। राउतले कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका थिए।

सप्तरी २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्। प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।