मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा जुट्याे सहमति, केहीबेरमा मतगणना सुरु हुने 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

बाजुरामा १० दिनदेखि राेकिएको मतगणना बिहीबार दिउँसो ३ः३० बजेबाट सुरु गर्ने सहमति भएको छ। 

बाजुरा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकले ३ः३० बाट मतगणना सुरु गर्ने निर्णय गरेको  मुख्य निर्वाचन कार्यालयको सचिवालयले जनाएको छ। 

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय गरेको भए पनि बाजुरामा मतगणना अनिश्चित बनेको थियो। 

आयोगको मतगणना गर्ने निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रोपटक सर्वदलीय बैठक बोलाएर मतगणनाका लागि सहमति जुटाएको हो। 

बुधबारको बैठकमा नेकपा एमाले सहभागी भए पनि सहमति जट्न सकेन। आज बिहान ७ बजे र ११ बजे दुई चरणमा बसेको बैठकमा सहमति जुटेसँगै मतगणना सुचारु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।