Skip This
चालू कर्जा नीति संशोधन गर्न सकिन्छ, तर सबै अनुशासनमा बस्नुपर्छ : गभर्नर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चालू कर्जा नीति संशोधन गर्न सकिन्छ, तर सबै अनुशासनमा बस्नुपर्छ : गभर्नर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १४:४o:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन्। 

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालू पुँजी कर्जासम्बन्धी नीति संशाेधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका हुन्। 

गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकरलगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संशाेधन गर्न तयार रहेको बताए। 

उनले उद्योगीको मागअनुसार चालू पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे।  गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए। 

चालू पुँजी कर्जा नीतिका विषयमा सबै सरोकारवालाहरू बहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरू भने अनुशासनमा बस्नुपर्ने बताए। 

उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालू पुँजी कर्जासम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताउँदै उनले भने, ‘बीचमा निजी क्षेत्रबाट राष्ट्र बैंकले बजारलाई सुधार गर्न ल्याएका नीतिमा असन्तुष्टि देखिएका छन् । राष्ट्र बैंक सबैसँग अर्थतन्त्रका विषयमा खुला छलफल गर्न तयार छौँ। ती नीति संशोधन गर्न सकिन्छ, तर सबैजना अनुशासनमा बस्नुपर्छ।’

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रूपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए। उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको जानकारी गराए। उनले बजारमा देखिएको तरलता अभाव बिस्तारै सुधार हुँदै जाँदा उच्च रूपमा वृद्धि भएको ब्याजदरमा करेक्सन हुने विश्वास लिएको बताए।