मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेससँग सहकार्य गर्न सिके राउत तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १८:२१:००

कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधिनिवास नयाँबानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो।

भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा पनि कुराकानी भएको थियो। निधिसँगको भेटमा राउतले आफ्नो बारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेका थिए। 

भेटमा निधिले राउतलाई कांग्रेस र सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए।

सप्तरी क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्। प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।