मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुकुमबासीको विरोध प्रदर्शन जारी, घेरे काठमाडौं महानगरको कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन्।

ठूलाे संख्यामा जम्मा भएका सुकुमबासीले आफूहरूलाई बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन्। महानगरपालिकाले सोमबार सुकुमबासी बस्ती हटाउन डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो।

महानगरपालिकाको कदमप्रति सुकुमबासीले प्रतिरोध गर्दा केही महानगर प्रहरी घाइतेसमेत भएका थिए। नाराबाजीसहित महानगरपालिका पुगेका सुकुमबासीले महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नाराबाजी गरे। उनीहरूले ‘सुकुमबासी एक होऔँ’, ‘बालेन साह होसियार’, ‘सूचनाआतंक बन्द गर’लगायतका नारा लगाएका थिए।

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबर्जस्ती हटाउन प्रकाशित सूचनाविरुद्ध बृहत् खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए। सुकुमबासीसम्बद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरको नाममा विरोध प्रदर्शन भएको हो।