मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २९ आइतबार o८:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल र बंगलादेशको महत्वपूर्ण भिडन्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o८:२२:oo

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिप २०२५ को दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्देछ । बंगलादेशको राजधानी ढाकास्थित वसुन्धारा मैदानमा हुने खेल अघोषित फाइनलजस्तै हो । यही भिडन्तले उपाधिको यात्रा निर्धारण गर्नेछ । प्रतियोगितामा अर्काे बलियो टोली भारत सहभागी भएको छैन । 

भारत नभएपछि प्रतियोगिताको उपाधि दाबेदार नेपाल र बंगलादेश मात्रै हुन् । सहभागी भुटान र श्रीलंका कमजोर प्रतिस्पर्धी हुन् । यो प्रतियोगिता डबल लिगको हुनेछ । शीर्ष स्थानमा रहने टोली सीधै च्याम्पियन हुनेछ । 

यमबहादुर गुरुङको प्रशिक्षणमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले शुक्रबार भुटानमाथि ६–१ को प्रभावशाली जित निकालेको थियो । विर्सना चौधरीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा सबै पक्षमा बलियो देखिएको थियो । अब, दोस्रो खेलमा नेपालको परीक्षा पनि हुनेछ । 

यता, बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पराजित गरेको हो । बंगलादेशले पछिल्लो दिनहरूमा महिला फुटबलमा निकै राम्रो तयारी गरेको छ । सिनियर टोलीले भर्खरै मात्रै एसिया कपमा स्थान बनाएको छ । सिनियर टोली नै हेरेका इंल्यान्डको अनुभवी प्रशिक्षक पेटर जेम्स बटलरको नेतृत्वमा युवा टिम रहेका छन् । 

पूर्णिकामा निर्भर नेपाली टिम
पहिलो खेलमा ह्याट्रिक गरेपछि नेपाली टिम पूर्णिमा राईसँग निर्भर देखिन्छ । छरितो र तीव्रगतिका कारण पनि पूर्णिका पहिलो खेलमा निकै छाएकी थिइन् । यता उनलाई सेनु परियार र वर्षा ओलीले साथ दिएका थिए । पहिलो खेलमा पूर्णिकाले चार गोल गर्दा सेनुलले दुई गोल गरेकी हुन् । यता, बंगलादेश पनि तीव्रगतिकी अट्याकर मोसम्मत सागोरिकाको प्रदर्शनबाट हर्षित छ । उनले पनि पहिलो खेलमा ह्याट्रिक गरेकी थिइन् । उनलाई रोक्नु नेपाली रक्षापंक्तीका लागि चुनौतीको कुरा हो । हाल बंगलादेशको टोलीमै सिनियर टोलीका नौजना खेलाडी रहेका छन् । त्यसले पनि नेपाली टोलीलाई बंगलादेशविरुद्ध निकै गाह्रो हुने अनुमान गरिएको छ । यसअघि सन् २०२३ मा भएको दुवै भेटमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । 

बंगलादेशसँगको खेलपछि नेपालले जुलाई १५ र १७ मा श्रीलंका तथा लिग चरणको अन्त्यमा फेरि जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशसँग खेल्नेछ । चार टोली सहभागी प्रतियोगिता २१ तारिखसम्म चल्नेछ ।

यस्तो छ नेपाली टिम 
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिता नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।