१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा बाढीपहिरो जोखिमको सम्भाव्यता अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

डोल्पाका जोखिमयुक्त तीन क्षेत्रको सम्भाव्यता अध्ययन गरिएको छ। जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक सञ्जीव बरालसहितको पाँचजनाको टोलीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने दलित बस्ती, त्रिपुराकोट बजार क्षेत्र र सदरमुकाम दुनैमा जोखिमको सम्भाव्यता अध्ययन गरेको हो।

जिल्लाबाट नवनिर्वाचित सांसद धनबहादुर बुढाको पहलमा यी क्षेत्रको अध्ययन गरिएको हो। बुढाले उक्त टोलीलाई आफ्नै हेलिकाेप्टरमा डोल्पा पुर्‍याएर दुनै र त्रिपुराकोटमा जोखिमको सम्भाव्यता अध्ययन गराएका विभागका सिनियर डिभिजन इन्जिनियर मुकेश पाठकले जानकारी दिए।

अध्ययन गरिएका क्षेत्रहरू बाढी र पहिरोको जोखिममा रहेको भन्दै उनले सोहीअनुसार विभागमा रिपाेर्टिङ गरिने बताए। यी क्षेत्रहरू बाढी र पहिराको उच्च जोखिममा रहेकाले पछि हुने क्षति न्यूनीकरण गर्न अहिले नै आफ्नै हेलिकाेप्टरमा टोली पठाएर अध्ययन गर्न लगाएको सांसद बुढाले बताए। ‘चुनावका दौरान गाउँगाउँ पुग्दा जनताले माग राखेका थिए, अहिले तिनै काममा लागेको छु,’ उनले भने ।