मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटाका विद्युतीय गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा पाइने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ११:४८:००

 टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट सात वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र किफायती कर्जा सुविधा पाउने जनाइएको छ । सवारीसाधनको कुल लागतको ८० प्रतिशतसम्म कर्जा बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम प्रदान गर्ने उल्लेख छ ।

नेपालम विद्युतीय गाडीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले नेक्सन इभी र टिगोर इभी बिक्री गरिरहेको जनाइएको छ । नेक्सन इभी एसयुभी र टिगोर इभी सेडान रहेको कम्पनीले जनाएको छ ।