
उदयपुर क्षेत्र नम्बर १ को मतगणना पुनः सुरु भएको छ । यस क्षेत्रको मतगणना तीन दिनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो ।
गत शनिबार बिहान क्षेत्र नम्बर १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघको मतपेटिकामा भेटिएको र केहीमा तथ्यांकअनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो । एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।