मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार २३:१८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दक्षिण कोरियाविरुद्ध घानाको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार २३:१८:००

कतार विश्वकपअन्तर्गत सोमबार भएको सूह एचको दोस्रो खेलमा घानाले दक्षिण कोरियाविरुद्ध रोमाञ्चक जित निकालेको छ । मोहमोद कुडुसको दुई गोल मद्दतमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गरेको हो । 

जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । एक समय कोरियाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल २–२ को अवस्थामा थियो । 

चो गुए सोङले तीन मिनेटभित्र दुई गोल गर्दै कोरियालाई खेलमा फर्काएका थिए ।  तर, मोहम्मद सालिसुले घानाका लागि थप एक गोल गरेपछि कोरिया महत्वपूर्ण ३ अंक घानालाई बुझाउन बाध्य भयो । 

पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको घानाले आजको जितपछि महत्वपूर्ण तीन अंक बटुलेको छ । अब घाना दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरियाको भने यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको कोरियाका लागि अन्तिम १६ को यात्रा कठिन बन्दै गएको छ ।