१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Wednesday, 02 July, 2025
२o७९ मङ्सिर १२ सोमबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १४:२४:oo

दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ। सोमबार बिहान जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचन आयोगले रद्द गरेको १० मतदान केन्द्रमा पुनः मंसिर १५ गते निर्वाचन गर्ने निर्णय गरेको दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले जानकारी दिए। आयोगले वैतेश्वर गाउँपालिका– ६ को वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका– ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्वाचनको मिति तोकिएसँगै दलहरू घरदैलो अभियानमा निस्किएका छन्।