१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सेमिफाइनलिस्टमा ४० विदेशी खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:१६:oo

चार वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलको रेकर्ड गज्जबको रह्यो । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्डले अन्तिम चारको स्थान बनाए । विश्वकपका चार सेमिफाइनलिस्टमा विदेशी खेलाडीकै बाहुल्यता रह्यो । वासिङ्टन पोस्टका अनुसार सेमिफाइनलमा ९२ खेलाडी सहभागी भए । जसमध्ये 
४० खेलाडी विदेशी नै रहे । 

आफ्नै देशको नागरिकता परिवर्तन गरी अर्कै राष्ट्रका नागरिक बन्दै ती खेलाडीले सेमिफाइनलमा स्थान बनाए । फ्रान्समा मात्र १७ खेलाडी गैरफ्रान्सेली थिए । बेल्जियममा १०, इंग्ल्यान्डमा ९ तथा क्रोएसियामा ४ खेलाडीले नागरिकता परिवर्तन गरेको वासिङ्टन पोस्टले नजायो ।

फ्रान्समा ७४, बेल्जियममा ४३, इंग्ल्यान्डमा ३९ र क्रोएसियामा १७ प्रतिशत विदेशी खेलाडीले हिस्सा ओगटे । त्यसवेला बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुसमेत कंगोमा जन्मेका हुन् । २१औँ संस्करणको विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि चुम्यो ।

ad
ad