१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलको लक्ष्य नकआउट चरण

समान तीन अंक जोडेको ब्राजिल र स्विट्जरल्यान्डले समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्ने एउटै लक्ष्य राखेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५९:oo

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘जी’को दोस्रो खेलमा ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दै छ ।

प्रतिद्वन्द्वीका रूपमा स्विट्जरल्यान्ड पनि बलियो नै छ । पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो । यस कारण ब्राजिल र स्विट्जरल्यान्डले एकै लक्ष्य राखेका छन् । शीर्ष विजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुग्ने दुवैको नजर हो । यस समूहमा क्यामरुन र सर्बिया भने जितविहीन छन् । 
 

ad
ad