Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार ०६:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

टुँडिखेलमा बेसमेन्ट पार्किङ नबनाउन अकुपाई टुँडिखेलको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार ०६:५८:००

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा बनाउन लागेको ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णयबारे अकुपाई टुँडिखेल अभियानले ध्यानाकर्षण गराएको छ । अकुपाई टुँडिखेलले आइतबार काठमाडौं महानगर वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– खुलामञ्चलाई पहिलाको जस्तै घाँसेमैदान बनाउने भनेर विभिन्न चरणमा छलफल भइरहेको थियो । सोही समयमा खुलामञ्च सफा देखेर हर्षित हुँदै यहाँहरूबाट धेरै अपेक्षा राखेका थियौँ । निर्वाचनपछि भेट्न आउने तयारी पनि गरिरहेका थियौँ । तर, एकाएक कार्यपालिका बैठकले तीन तहको भूमिगत पार्किङ निर्माण गर्न डिपिआर तयार गर्ने निर्णय भएको र यहाँहरूजस्तो संवेदनशील जनप्रतिनिधिसमेत मौन बस्नुभएको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकोमा अचम्मित भएका छौँ ।

यस विषयमा अभियानको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौँ । २९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिट निर्माणबारे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न खुलामञ्चमा पार्किङस्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय भएको हो । 

महानगरपालिकाले ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिट डिपिआर बनाउने निर्णयविरुद्ध अकुपाई टुँडिखेल अभियानले फेरि आवाज उठाएको हो । टुँडिखेललाई अतिक्रणमुक्त बनाऊ भन्दै सम्पदा अभियन्तालगायत विभिन्न पेसा–व्यवसायमा आबद्ध समर्थकहरूले २३ कात्तिक ०७६ मा अभियान सुरु गरेका थिए ।

त्यसपछि खुलामञ्चलाई अतिक्रमणमुक्त गर्ने भन्दै तत्कालीन मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा अतिक्रमण गरेर बनाइएका अवैध संरचनामा डोजर लगाइनुका साथै त्यहाँ बसेकालाई हटाइएको थियो । बसपार्कका रूपमा प्रयोग गरिएको खुलामञ्च खाली गरिएको थियो । पुरानो बसपार्कमा भ्यु टावर बनाउन थालिएसँगै महानगरले ६ महिनाका लागि खुलामञ्चलाई बसपार्क बनाउन भने पनि ६ वर्षसम्म बसपार्कका रूपमा प्रयोग गरेको थियो ।