१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङमा प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेस र प्रदेशमा एमाले पहिलो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम अनुसार  संघमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले २ हजार ४ सय ३० प्राप्त गरेको छ। एमालेले दुई हजार १ सय ९१ मत प्राप्त गरेको छ।  

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ४६ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले १३३, जनता समाजवादी पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले २, मजदुर किसान पार्टीले ४, नेकपा एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले ३, हाम्रो नेपाली पार्टीले ४, पुनर्जागरण पार्टी नेपालले १, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले ४, नेपाल जनता पार्टी २ ले मत प्राप्त गरेको छ। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले १ भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा समानुपातितर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ। एमालेले दुई हजार १ सय ६२ मत पाएको छ। नेपाली कांग्रेसले १ हजार ६ सय ५०, नेकपा माओवादी केन्द्रले ९ सय चार मत पाएको छ। जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले ८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ।