१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o७९ मङ्सिर १० शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतसँग मल किनेर मन्त्रीहरू नै कमिसन खान्छन् : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १७:५५:oo

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन्। शनिबार भक्तपुर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजय जुलुसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए। सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाउँदै उनले नेपालमै मलखाद कारखाना खोल्नुपर्नेमा जोड दिए।

‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ, तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन्। उनीहरूको काम नै त्यही हो। हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउनेछौँ,’ सुवालले भने।