१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १० शनिबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुका दुई प्रदेश सभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार १४:००:००

दुई ओटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको मुगुमा नेकपा एमाले र माओवादी केन्द्रले एक–एक क्षेत्र जितेका छन्। प्रदेश सभा (क)मा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल र प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही विजयी भएका हुन्।

छायॉनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका पर्ने प्रदेश (क)मा एमालेका मल्लले ६ हजार ६१८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका गोपालबहादुर बमले ५ हजार ५४५ मत प्राप्त गरेका छन्। १ हजार ७३ मत अन्तरले मल्ल निर्वाचित भएका हुन्।

त्यसैगरी प्रदेश सभा (ख)मा माओवादी केन्द्रका मंगलबहादुर शाही ८ हजार ४२९ मतसहित निर्वाचित हुँदा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८८४ मत प्राप्त गरेका छन्। १३ हजार ८८१ मत खसेको यो क्षेत्रमा सोरु र खत्याड गाउँपालिका रहेका छ्न्।