१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर १० शनिबार १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही ३ (ख)मा एमालेका चौधरी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १३:१५:oo

रुपन्देही क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्। चौधरीले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई  २०१  मतान्तरले पराजित गरेका हुन्।

प्रदेश सभामा निर्वाचित चौधरीले १६ हजार ३९४ प्राप्त गर्दा ढकालले १६ हजार १९३ मत ल्याए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चौधरीले ५ हजार ९७८ तथा हाम्रो नेपाली पार्टीका खड्कबहादुर रानाले ३ हजार ७३३ मत ल्याए।

प्रदेश सभा सदस्यमा विजयी चौधरी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत हुन्।