१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवदीप अजनवी नुवाकोट
२o८१ जेठ १ मंगलबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नुवाकोट : ६ सिट नै गठबन्धनको पोल्टामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२१:oo

नुवाकोटको प्रतिनिधी सभा र प्रदेशसभा दुबैतर्फ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधी सभाको दुई र प्रदेश सभाको चार निर्वाचन क्षेत्रमा गठबन्धनका ६ जना उम्मेदवार विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनको गएराती सम्पन्न मतगणना अनुसार नुवाकोट क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले २६ हजार पाँच सय ४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार चार सय ६३ मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । सोही क्षेत्रमा तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महत क्षेत्रीले ६ हजार एक सय १३ मत पाएका छन् ।माओवादी नेता तामाङ ०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनको तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।

एक लाख २० हजार सात सय ५२ मतदाता रहेको नुवाकोट क्षेत्र नम्बर १ मा ६३ हजार पाँच सय ८४ मत खसेको थियो । कूल खसेको मतमा ६० हजार १९ मत सदर र तीन हजार पाँच सय ६५ मत बदर भएको थियो । क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. २ मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार महतले १३ हजार ३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार तीन सय ६८ मत ल्याएका थिए । 

क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार एक सय ६९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सुशील कुमार खड्काले ११ हजार तीन सय ५० मत ल्याएका थिए । माओवादी नेतृ तामाङ ०७४ मा पनि यही क्षेत्रबाट माओवादी एमाले गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।

नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्य निर्वाचनमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले १६ हजार चार सय ७७ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एमाले तेस्रो भएको छ । एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन् । ०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले माओवादी गठबन्धनबाट एमालेका खतिवडा निर्वाचित भएका थिए । 

क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगानाले १२ हजार एक सय १० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत ल्याएका थिए । क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले १७ हजार दुई सय ४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयसिंह लामा तामाङले नौ हजार एक सय २४ मत ल्याएका थिए । 
    

ad
ad