१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जितपछि प्रतिद्वन्द्वीको घरमा एमालेको ढुंगामुढा, माओवादीद्वारा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं. ३ मा निर्वाचित भएपछिको उन्मादमा नेकपा एमालेका कार्यकर्ताले निकटतम् प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्। 

एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको उन्मादमा एमाले कार्यकर्ताहरुले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ। 

आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा माओवादी केन्द्रले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड टायर बालेर अवरुद्ध गरेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी राजु के.सी.ले आफू निर्वाचनको मतगणनाको शिलशिलामा गोलबजार बाहिर रहेको जानकारी दिँदै घटनाको विषयमा जानकारी पाए लगत्तै गोलबजार जाँदै गरेको बताए। 
 
सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेपछि जितको उन्मादमा साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म अवरुद्ध सडक नखोलिने माओवादी केन्द गोलबजारका उमेश बरालले बताए।