
नेकपा एकीकृत समाजवादीका नेता तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन्।
प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए।
सो कार्यक्रममा उनले भने, ‘जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु।’ उनले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको बताए।
उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने बताए।
यो उनको लगातार तेस्रोपटक जित हो। उनी डोटी निर्वाचन क्षेत्र नं २ बाट २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उहाँ २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।