१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा एकीकृत समाजवादीको पहिलो जित, प्रदेश सभामा न्यौपाने विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १५:१६:oo

सप्तरीको प्रदेश सभा ४ (क) बाट नेकपा एकीकृत समाजवादीले गोविन्दबहादुर न्यौपानेको दोस्रो पटकको जितसँगै जिल्लामा खाता खोलेको छ। 

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ कल्याणपुरका अनुसार शुक्रबार बिहान सम्पन्न मतगणनाको अन्तिम गणनामा न्यौपाने सप्तरीका ४ (क)  बाट छ हजार नौ सय ७१ मतान्तरले निर्वाचित भएका छन्।

शुक्रबार मध्यान्ह घोषणा गरिएको गणनाको अन्तिम परिणाम अनुसार एकीकृत समाजवादीका न्यौपाने ११ हजार चार सय २९ मतसहित दनेस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन्।

२०७४ को निर्वाचनमा पनि एमालेबाट सोही क्षेत्रमा निर्वाचित न्यौपानेका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासमानले पाँच हजार पाँच सय ५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याएका छन्। 

 त्यस्तै, प्रदेशसभा ४ ९ख० मा निवर्तमान प्रदेशसभा सदस्यलाई पराजित गर्दै स्वतन्त्रबाट अनिरुद्ध कुमार सिंह नौ हजार नौ सय ८५ मतसहित निर्वाचित भएका छन्।

जसपाका उम्मेदवार रहेका निवर्तमान प्रदेशसभा सदस्य अभिषेक यादव सिंहसँग दुई हजार ६५ मतान्तरले पराजित भएका छन् । उनले सात हजार नौ सय २० मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका केशरराज गुप्ताले पाँच हजार छ सय ७३ मत ल्याएका छन् ।