Skip This
खडेरीले नरैनापुरमा धान उत्पादन आठ गुणा घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर ९ शुक्रबार o६:४१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खडेरीले नरैनापुरमा धान उत्पादन आठ गुणा घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o६:४१:oo

यस वर्ष नरैनापुरमा झन्डै आठ गुणा कम धान उत्पादन भएको छ । खडेरीका कारण धान रोपाइँ नभएपछि यो वर्ष धान उत्पादन घटेको हो । यस वर्ष नरैनापुरमा दुई हजार तीन सय ८० मेट्रिकटन मात्र उत्पादन भएको कृषि शाखा प्रमुख सुदन भण्डारीले बताए । गत वर्षभन्दा यस वर्ष ७.४९ मेट्रिकटन कम धान उत्पादन भएको उनको भनाइ छ ।

गत वर्ष त्यहाँ १७ हजार आठ सय ४७ मेट्रिकटन धान उत्पादन भएको थियो । खडेरीका कारण तीन हजार नौ सय ६६ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच सय ९५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको भण्डारीले बताए । उनले भने, ‘गत वर्ष औसत उत्पादन पनि बढी थियो । बर्सात नहुँदा यस वर्ष गत वर्षको भन्दा उत्पादन पनि कम छ । रोपाइँ कम क्षेत्रफलमा भएकाले उत्पादन घट्ने नै भयो ।’ नरैनापुरमा गत वर्ष प्रतिहेक्टर ४.५ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको उनले बताए । 

 देखिन थाल्यो खडेरीको असर 
नरैनापुरमा खडेरीको असर देखिन थालेको छ । गत वर्षको धान सकिन थालेपछि खाद्यान्न संकट देखिन थालेको सर्वसाधारणको भनाइ छ । अब केही दिन पुग्ने धान रहेको नरैनापुर गाउँपालिका–५, जमुनाह गाउँका स्वामीदयाल यादवले बताए । गत वर्ष उनले १५ क्विन्टल धान उत्पादन गरेका थिए । यस वर्ष आधा क्विन्टल पनि उत्पादन नभएको उनको भनाइ छ । यादवले भने, ‘समयमा बर्सात नहुँदा धान रोप्न पाइएन । रोप्न तयार भएको बियाड काटेर पशुचौपायालाई खुवायौँ । गत वर्ष उत्पादन भएको सकिन लाग्यो ।’ अबको एक हप्तापछि के खाने भनेर उनी चिन्तित थिए । 

धान उत्पादन नभएपछि नरैनापुर गाउँपालिका– ४ का बेचनअली नाउँलाई पनि परिवार पाल्न समस्या भएको छ । पोहोर साल १० क्विन्टल धान उत्पादन भएको उनको खेतमा अहिले करिब एक क्विन्टल उत्पादन भएको बताए । ‘पुरानो धान जसोतसो १५ कात्तिकसम्म खान पुग्यो । कात्तिकमा नयाँ धान आएपछि किन्न पर्दैन होला भन्ने लागेको थियो, तर धान रोप्न पाएनौँ,’ उनले भने, ‘अब किनेर खानुको विकल्प छैन ।’ नरैनापुर गाउँपालिका–६ का सोहनलाल यादवले पनि यस वर्ष धान भिœयाउन पाएनन् । धान भिœयाउन नपाउँदा उनलाई खल्लो लागेको छ । गत वर्ष झन्डै १० क्विन्टल धान उत्पादन गरेका उनले यस वर्ष एक क्विन्टल भिœयाएको बताए ।