१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा एमाले अध्यक्षलगायत । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७९ मङ्सिर ८ बिहीबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा धाँधली भयो : ओली

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १५:४१:००

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् । झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा धाँधली भएको बताएका हुन् । 

‘यो परिणाम अपेक्षित छैन । धेरै ठाउँमा धाँधली भएको छ । हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं,’ उनले भने । 

निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो । अब त्यही दोहोरिनेछ,’ उनले भने, ‘क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेरभन्दा मोलमोलाइ गर्ने समय आएको छ ।’

निर्वाचनले मुलुकलाई स्थिरता दिने अपेक्षा एमालेले गरेको भए पनि मुलुक पुनः अस्थिरतामा फसेको भन्दै उनले पछिल्लो दुई वर्षमा भएकै फोहोरी अवस्था अबका दिनमा देखिने दावी गरे ।