मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २१ आइतबार
  • Sunday, 04 June, 2023
२०७९ मङ्सिर ८ बिहीबार ०९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:१२:००

रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६ सय ३२ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार नौ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिए ।