मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उरुग्वेलाई रोक्ने रणनीतिमा दक्षिण कोरिया

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:४८:००

डार्विन नुनेज र ह्युङ मिन सनले इंग्लिस प्रिमियर लिगमा जादुमय प्रदर्शन गर्दै आएका छन् । प्रिमियर लिगमा युवा खेलाडीको प्रभावसमेत राम्रो छ । लिभरपुलका नुनेज र टोटनह्यामका दुई खेलाडी एकले अर्कालाई प्रतिस्पर्धामा पछि पार्न चाहन्छन् । कतार फिफा विश्वकपमा समेत दुई खेलाडी एकअर्काविरुद्ध मैदानमा उत्रँदै छन् । एजेकुसेन सिटी मैदानमा बिहीबार हुने समूह ‘एच’ को खेलमा उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदै छ । मैदानमा उत्रँदा दुवैको लक्ष्य आफूलाई उत्कृष्ट प्रमाणित गर्ने र पहिलो जित निकाल्ने हुनेछ । 

दक्षिण अमेरिकी राष्ट्र उरुग्वे फिफा वरीयतामा १४औँ स्थानमा छ । एसियाली जायन्ट कोरिया २८औँ स्थानमा छ । विश्वकपअघिको पाँच खेलमा दक्षिण कोरिया अपराजित छ । दक्षिण कोरिया तीन खेलमा जित आत्मसात् गर्दा दुई खेल बराबरीमा रोकियो । आइसल्यान्ड, क्यामरुन र इजिप्टलाई हराएको दक्षिण कोरियाले कोस्टारिका र पाराग्वेसँग बराबर खेलेको हो । उरुग्वे पछिल्लो पाँचमध्ये तीन खेलमा जित निकालेको छ । 

उरुग्वे एक खेल बराबर गर्दा एक खेलमा पराजित भयो । उरुग्वेले क्यानडा, पानामा र मेक्सिकोलाई हराएको थियो । उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो । एसियन मुलुक इरानसँग उरुग्वे पराजित भएको थियो । सेप्टेम्बरमा मात्रै इरानसँग पराजित भएको डिएगो एलेन्सोको उरुग्वे कोरियासँग सजग हुनेछ । 

उरुग्वेलाई नुनेजसँगै अनुभवी स्ट्राइकर लुइस सुआरेज, फेडेरिको भाल्भार्डेजस्ता उत्कृष्ट अट्याकरको साथ छ । दक्षिण कोरियाले सनसँगै उल्भ्सबाट खेल्दै आएका ही चान ह्वाङबाट अट्याकमा ठूलो आशा गर्नेछ । लगातार दुई एसियाली मुलुकले निकालेको नतिजापछि कोरियासमेत विश्वकपमा उरुग्वेविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने योजनामा छ ।