१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोटाङ प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

पिकेले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गरेका छन् । वि.सं. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके वि.संं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।

पार्टीको १ नं. प्रदेश समिति सदस्य रहेका पिके जिल्लामा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई हजार तीन सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार पाँच सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले एक सय ६४ मत प्राप्त गरेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीका केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार एक सय ४५ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

७४ हजार ६ सय ३९ मतदाता रहेको प्रदेशसभा (क)मा ३३ हजार ९४४ मत खसेको थियो ।