मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Monday, 31 August, 2026
२o७९ मङ्सिर ७ बुधबार १७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर ३ : तोसिमा दोब्बर मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १७:३o:oo

 ललितपुर ३ मा डा. तोसिमा कार्कीले दुबै उम्मेदवारले भन्दा दोब्बर मत प्राप्त गरेकी छन्। 

३५ हजार १४९ मत गणना हुँदा कार्कीले १६ हजार ७३६ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा (एमाले) का अमृत खड्काले ८ हजार ६३७ मतसहित दोस्रो र गठबन्धनकी पम्फा भुसाल  ५ हजार ८७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। 

ललितपुरमा ६१ हजार ७७६ मत खसेको थियो। थप २६ हजार ६२७ मत गणना हुन बाँकी छ। जिल्ला निर्वाचन कार्यालय, ललितपुरका अनुसार १६ वटा मतदान केन्द्रको मत गणना जारी छ। बिहीबार विहानसम्म जिल्लाको सबै मत गणना सकिने निर्वाचन कार्यालयले जनाएको छ। 

तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर १ मा गठबन्धनका उदय सम्शेर ज।ब। राणा र क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्।