१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पछि परे मधेशका प्रभावशाली नेता महन्थ, राजेन्द्र र उपेन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

मधेशका प्रभावशाली नेताहरू नै प्रारम्भिक मतगणनामा पछि परेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै पछाडि परेका छन्।

महोत्तरी ३ मा ठाकुरसँग स्वतन्त्र उम्मेदवार राम आधार कापरले अग्रता लिएका छन्। कापर करिब सय मतले अगाडि छन्। मतगणनामा निकट नदेखिए पनि त्यहाँ जनता समाजवादीका हरि नारायण यादव पनि प्रतिस्पर्धामा छन्।

लोकतान्त्रिक समाजवादीकै वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही २ मा पछाडि परेका छन्। त्यहाँ माओवादी केन्द्रका महिन्द्र राय यादवको अग्रता छ। यादवको चार हजार ७४८ मत ल्याउँदा महतोको तीन हजार ९६५ छ। अर्का प्रतिस्पर्धी एमालेका राज नायायण शाहले तीन हजार २३८ मत ल्याएका छन्।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव त चुनाव जित्ने असम्भवजस्तै देखिएको छ। उनी करिब दोब्बर मतान्तरले पछाडि छन्। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले ३३ हजार ६९६ मत ल्याउँदा यादव १६ हजार ३४४ मतमा सीमित छन्। अन्य उम्मेदवार भने प्रतिस्पर्धामै छैनन्।