मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार ११:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ११:४३:००

कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, महाबै र तिलागुफा नगरपालिका–१ को मतगणना गर्दा गठबन्धन दलका उम्मेदवार माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीभन्दा नेकपा(एमाले)का उम्मेदवार नगेन्द्र शाही(नेशनल) झिनो मतान्तर अगाडि रहेका छन् ।  

नेकपा (एमाले)का उम्मेदवार नगेन्द्रले तीन हजार पाँच ६४ मत र माओवादी केन्द्रका महेन्द्रले तीन हजार पाँच ४८ मत ल्याएको कालीकोटका मुख्य निर्वाचन अधिकृतको कार्यालय जानकारी दिएको छ । उनीहरुबीचमा १६ मतको मतान्तर रहेको छ ।