Skip This
ad
रुकुम–रोल्पामा जनार्दन र वर्षमान करिब तेब्बर मतले अघि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुकुम–रोल्पामा जनार्दन र वर्षमान करिब तेब्बर मतले अघि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:१२:oo

नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तले आ–आफ्नो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीलाई करिब तेब्बर मतले पछि पारेका छन्।

रुकुम पश्चिमबाट निर्वाचन लडेका अर्थमन्त्रीसमेत रहेका शर्माले ३ हजार ३३ मत गणना भइसक्दा एक हजार ९४४ मत ल्याएका छन्। उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ७३४ मत ल्याएका छन्। यो तथ्यांकअनुसार माओवादीका शर्मा एक हजार २१० मतले अघि छन्।

यस क्षेत्रमा राप्रपाका दीपककुमार मल्लले ८१, सूर्यमुखी चिह्नबाट लडेका तारक केसीले १३८, खुकुरी चिह्नबाट लडेका राजन पाण्डेले ६ र कुखुराको भाले चिह्नबाट लडेका हरिबहादुर पुनले ८ मत ल्याएका छन्।

त्यस्तै, रोल्पामा पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका माओवादी नेता पुनले १० हजार ९७३ मतगणना भइसक्दा ६ हजार ७६८ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले २ हजार ६०१ मत ल्याएका छन्। पुन ४ हजार १६७ मतले अघि छन्।

रोल्पामा राप्रपाका लीला राउतले ४६६, राप्रपा नेपालका रामबहादुर क्षेत्रीले १६५ र मादल चिह्नमा चुनाव लडेका नातिभाइ ह्याम्बोले १६ मत ल्याएका छन्।
 

ad
ad